६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङद्वारा पदभार ग्रहण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले शपथ लिएका हुन्।

एन्फा निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले नवनिर्वाचित अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई शपथ गराएका हुन्। शपथ ग्रहणको कार्यक्रम सकिएलगतै नवनियुक्त अध्यक्ष नेम्वाङले आजै पदभार ग्रहण गरे।

नवनिर्वाचित अध्यक्ष नेम्वाङले निर्वाचनमा हार जितभन्दा पनि जिम्मेवारी बदलिएको बताए। उनले नेपाली फुटबलमा योगदान गर्ने सबैलाई सम्मान गर्दै जाने र सबैको सल्लाह र सहयोगको साथ अगाडि बढ्ने बताए।

यही असार ६ गते भएको एन्फाको २१औं साधारणसभाको निर्वाचनमा नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। अध्यक्ष नेम्वाङसहित वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी निर्वाचित भएका थिए।

त्यस्तै सदस्यमा मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टीका लामा, भरतबुढ थापा, सरला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका थिए।

प्रकाशित: ८ असार २०७९ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App