१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

२१ दिने साइकलिङ च्यालेन्जका बिजेता सुनिलले जिते प्याङ्क कस्टम माउन्टेन बाइक

बिजेता सुनिल सुवाल जितस्वरुप पाएको साइकल उचाल्दै।

साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको २१ दिने साइकलिङ च्यालेन्जको पुरस्कार सुनिल सुवालले जितेका छन्। सुनिलले ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे।

प्रतियोगितामा दोस्रो स्थानमा बिजेता सुधिर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरे। तेस्रो र चौठौ स्थान हासिल गर्न सफल बिकास तमाखु र निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपको तर्फबाट वाटर बोटल प्राप्त गरे। च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले हासिल गरे। उनीहरु तीनै जनाले जुजु बाइक्सकोतर्फबाट विषेश उपहार प्राप्त गरे।  

आम मानिसलाई साइकलप्रति अभिरूचि बढाउन नवीन कार्यक्रमहरू गर्ने क्रममा नयाँ वर्षमा आफैभित्र केही नयाँ खोजौँ भन्ने मुल मन्त्रसहित २०७९ वैशाख १ देखि वैशाख २१ सम्म प्रथम पटक यो च्यालेन्ज आयोजना गरेको थियो। १६ जना सहभागी रहेको उक्त च्यालेन्जमा हरेक दिन कम्तीमा २ किमी साइकल चलाउनुपर्ने थियो। साथसाथै अन्य विभिन्न कार्यहरू गर्नुपर्ने थियो। यसअनुरूप सहभागीहरूले अंक प्राप्त गर्ने रोचक प्रतिस्पर्धा रहेको थियो।  

प्याङ्क बाइक, ताम्राकार कर्पोरेट ग्रुप, जुजु बाइक्स तथा नेपाल इको प्यानेलको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। च्यालेन्जमा १६ जना मध्य १४ जनाले च्यालेन्ज सफलतापूर्वक पूरा गरेको आयोजकले जनाएको छ।  

साइकलिस्ट तथा संस्कृतिविद प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रममा भएको थियो। सहभागीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मान प्राडा श्रेष्ठले सम्मान गरेका थिए।  

कार्यक्रममा साइकल कनेक्ट भक्तपुरका सल्लाहकार गणेशप्रसाद दुवालले सांस्कृतिक नगर भक्तपुर पैदल र पेदलमैत्री बनाउन आवश्यक रहेको जिकिर गरे। साइकल कनेक्ट भक्तपुरले हरेक उमेर समूहलाई साइकलमार्फत जोड्दै भक्तपुरको चिनारी फैलाउन आफ्नो स्थानमा योगदान गर्दै आएको उनले बताए। सार्वजनिक स्थान र सडकमा गाडीमा सवार यात्री मात्र नभएर पैदलयात्री र साइकल यात्रीहरूको पनि उत्तिकै अधिकार रहेको उनले बताए। उनले  अनावश्यक रूपमा ईन्धन र उर्जा खपतलाई कम गर्न साइकल संस्कृतिलाई बढावा दिन आवश्यक कुरामा जोड दिए।  

नेपालको सबैभन्दा पुरानो साइकल पसल प्याङ्क बाइकका सञ्चालक तथा कार्यक्रममा अतिथि तिरेक मानन्धरले लकडाउनपछि नेपालमा साइकल संस्कृति अझ मौलाउँदै गएकोमा हर्ष व्यक्त गरे। प्रमुख अतिथि डा. पुरुषोत्तमलोचन श्रेष्ठले साइकल भनेको जति चलायो त्यति आनन्द मिल्ने र अरू साधन भन्दा आफूलाई साइकलमा जहाँ गए पनि सहज महसुस हुने अनुभव बताए। साथै साइकल कनेक्ट भक्तपुरको भविष्यमा हुने कार्यक्रममा आफू पनि सहभागी हुने इन्छा व्यक्त गरे।

कार्यक्रमको अन्तमा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष तथा कार्यक्रमका सभापति सुमित बालाले च्यालेन्जका सहभागी तथा सहयोगीहरूलाई धन्यवाद दिँदै भविष्यमा भक्तपुरमा एक परिष्कृत र असल पैदल र पेदलमैत्री संस्कृतिको विकासको लागि साइकल कनेक्ट भक्तपुरको मुल मान्यताहरूलाई आत्मसात गर्दै अझ रोजक कार्यक्रमहरू गर्ने बताए। कार्यक्रममा रियाज कर्माचार्यले साइकल कनेक्ट भक्तपुरको छोटो परिचय तथा बिकेश थुसाले २१ दिने च्यालेन्जको विषयमा बोलेका थिए।

प्रकाशित: २९ जेष्ठ २०७९ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App