८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला। तस्बिरः नागरिक

विराटनगर महानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। विराटनगर–९ ठाकुरवाडीस्थित सरस्वती माविको खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई महानगरले पुरस्कृत गर्ने उनले घोषणा गरे।  

कार्यक्रममा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगरका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने बताए।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा महानगरपालिकाभित्रका १३ विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २७ जेष्ठ २०७९ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App