१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

उपाधि जिते नाडाल सबैभन्दा पाका बन्ने

कास्पर रुडलाई हराउँदै फ्रेन्च ओपनको उपाधि जितेमा राफाइल नाडाल प्रतियोगिताको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन्। आइतबार रुडविरुद्धको फाइनल भिडन्त नाडालका लागि १४औं फ्रेन्च ओपनको फाइनल हुनेछ। उनले १३ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।

समग्रमा भने नाडालको यो ३०औ ग्रान्ड स्लाम फाइनल हो। रुडमाथिको जितले नाडालले आफ्नो ग्रान्ड स्लाम संख्या २२ पुर्‍याउनेछन्। नाडालको नाममा २१औं ग्रान्ड स्लामको कीर्तिमान छ। १७ वर्षअघि नाडालले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका थिए। ३६ वर्षे नाडाल भने चोटका बावजुद फाइनलसम्मको यात्रा तय गर्दा आफैं अचम्मित भएका छन्।

नाडाललाई लामो समयदेखि खुट्टाको चोटले समस्या दिइरहेको छ। रोममा गत महिना खुट्टाको चोट बल्झिएपछि नाडालको फ्रेन्च ओपन सहभागिता नै अनिश्चित बनेको थियो। ‘दुबिधाविनै म भन्न सक्छु, खुट्टाको चोटबाट मुक्त हुने हो भने म फाइनल समेत हार्न तयार छु,’ नाडालले भने, ‘मलाई चोटकै कारण यहाँ खेलेका सबै खेल आफ्ना खेल जीवनकै अन्तिम खेल होलान् कि भन्ने शंका लागेको छ।’

नाडालले चोटका बावजुद फाइनलमा स्थान बनाउन सकेन। नाडाललाई अन्तिम १६ मा फेलिक्स औगर अलियास्मीको चनौती पार गर्न चार घण्टाभन्दा बढी समय र पाँच सेट चाहिएको थियो। त्यस्तै विश्व नम्बर एक नोभाक जोकोभिचलाई क्वार्टरफाइनलमा निराश पार्न चार घण्टा खर्चन परेको थियो।

शुक्रबार एलेक्जेन्डर जाभरेभविरुद्धको सेमिफाइनल पनि उनका लागि कठिन बनेको थियो। जाभरेभ कुर्कुच्चाको चोटका कारण रिटायर्ड हर्ट भएपछि मात्र नाडालको फाइनल यात्रा पक्का बनेको थियो। नाडालले फ्रेन्च ओपनमा आफ्नो जितसंख्या एक सय ११ पुर्‍याएका छन् उनले एक सय १३ मध्ये तीन खेल मात्र हारेका छन्।

जसमध्ये दुई पटक उनले जोकोभिचलाई नतिजा सुम्पिएका थिए। सन् २००५ मा पहिलो पटक फ्रेन्च ओपनको उपाधि जित्दा नाडाल १९ वर्षका मात्र थिए। आइतबार रुडमाथिको जितले नाडाललाई प्रतियोगिता इतिहासकै सबैभन्दा बढी उमेरको खेलाडी बन्नेछन्। ५० वर्ष अघि आन्द्रिायास गिमिनोले ३४ वर्षको उमेरमा फ्रेन्च ओपनको उपाधि जितेका थिए। विश्व वरियताका आठौं नम्बरका रुड ग्रान्ड स्लामको फाइनल प्रवेश गर्ने नर्वेका पहिलो खेलाडी हुन्। 

प्रकाशित: २२ जेष्ठ २०७९ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App