१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टाइम्स र रोयल फाइनलमा

टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेस्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

टाइम्सले विशाल मिलन केन्द्र (बिएमके) लाई ८७–६५ ले पराजित गर्‍यो। टाइम्सको जितमा श्रेयश शाहले २० अंक योगदान गरे। रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७–५१ ले हरायो। फाइनल बुधबार हुनेछ।

रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर इन्टरनेसनल कलेज मंगलबार फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितको फाइनलमा पुगेका छन्। राउन्ड रोबिन लिगमा रोयल विजेता तथा जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन्।

गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँ बजार क्लब, कीर्तिपुरलाई ३४–१७ ले पाखा लगायो। रोयलकी प्रतीक्षा मगरले १४ स्कोर गरिन्। जेभियरले आइएसए नेपाललाई २८–१९ ले पन्छायो। जेभियरकी कृति चौधरीले ८ अंक जोडिन्। फाइनल बिहीबार हुनेछ।

प्रकाशित: ११ जेष्ठ २०७९ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App