१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र जिम्बावे ए बीच प्रतिष्पर्धा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बावे 'ए' सँग तेस्रो टि २० क्रिकेटमा प्रतिष्पर्धा गरिरहेको छ। खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सुरु भएको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गरिरहेको छ। 

पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल आज जित निकाल्दै तीन खेलको टि २० श्रृंखला जोगाउन प्रयासरत हुनेछ। सिरिजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको थियो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बावे एसँग अभ्यास गरिरहेको हो। आउँदो जेठ २३ देखि असार २ गतेसम्म अमेरिकामा हुने त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र ओमान रहेका छन्।

प्रकाशित: २१ वैशाख २०७९ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App