२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

खेलाडीलाई सहयोग हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।  

मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले एक कार्यक्रमको आयोजना गरेर कोषले मंगलबार ६ जना खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो। आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका दिपक गौतम, करातेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सिमा राजवंशी, करातेका बिष्णु नेपाली र एथलेटिक्सका जित बहादुर केसी छन्।

कोषले घुँडाको चोटको उपचार गराईरहेकी रियालाई ६३ हजार ९२९ रुपैयाँ, साेल्डर चोट बोकेका दिपकलाई ८७ हजार ९ सय १४ रुपैयाँ र घुँडाको चोट बोकेकी कोपिलालाई ७५ हजार रुपैयाँ, घुँडाकै चोट बोकेकी सिमालाई ८० हजार रुपैयाँ, पक्षघात भएका बिष्णुलाई १ लाख २५ हजार र एथ्लेटिक्सको गन सफा गर्ने क्रममा हातको चोट बोकेका जित बहादुरलाई १ लाख २५ हजार सहयोग प्रदान गरिएको हो।

सबै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। हस्तान्तरणपछि बोल्दै सदस्य सचिव घिसिङले सबै खेलाडीको स्वास्थ लाभको कामना पनि व्यक्त गरे। कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: १३ वैशाख २०७९ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App