३१ श्रावण २०७९ मंगलबार
खेल

ह्विलचियर बास्केटबलको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना भक्तपुरमा सम्पन्न प्रथम चाँंगुनारायण ह्विलचियर बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा परेको छ।

प्रतियोगितामा एनएससीईएनएन द्धितीय र वीआईए तृतीय भए। महिलातर्फको प्रतियोगितामा डव्लुडव्लुवीए प्रथम, एनएससीईएसए द्धितीय र वीआईए तृतीय भए। प्रतियोगिताका विजयी टिमहरुलाई चाँंगुनारायण नगरपालिकाका उपमेयर विना बास्तोलाले नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिन्। प्रतियोगितामा पुरुषतर्फ सात वटा र महिलातर्फ चार वटा टिमले प्रतिस्पर्धा गरेका थिए।

चाँगुनारायण नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले सहयोग गरेको थियो। नेकले वास्केट बल कोर्ट, खानेपानीलगायतका आवश्यक सम्पूर्ण सहयाेग गरेको थियो।

यसअघि प्रतियोगिताको उदघाटन चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले गरेका थिए। उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिका उपप्रमुख बिना बास्तोला र नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठ बिशेष अतिथि रहेका थिए।

प्रकाशित: ४ वैशाख २०७९ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App