४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

प्रो–क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि रुपन्देहीलाई

भैरहवामा भएको प्रो–क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि रुपन्देही ११ ले जितेको छ। सिद्धार्थनगर क्रिकेट रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा मलेसिया–११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही–११ ले उपाधि जितेको हो। जितसंगै रुपन्देही नगद २ लाख ५० हजार नगद सहित पुरस्कृत भयो। उपविजेता मलेसिया नगद १ लाख नगद सहित पुरस्कार प्राप्त गरयो।  

शनिबारको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया–११ का ब्याट्सम्यानहरुले २० ओभरमा ६ विकेटको नोक्सानी व्यहाेर्दै १ सय ४० रन जोडेका थिए। मलेसियाको नर्जरिल रहमानले ३६, जुबैदी जुलफुक्लेले २६ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। रुपन्देहीका बसिर अहम्मदले ३२ रन खर्चेर दुई तथा विक्रम भुसाल, बिशालबिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक–एक विकेट लिए। रुपन्देहीले १९ ओभरमा तीन विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्न सफल भयो।

रुपन्देहीका प्रज्वल थापाले सर्वाधिक ७१ र सन्दिप रजाइलीले ४१ रन जोडे। मलेसियाका लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले एक–एक विकेट लिए। रुपन्देहीका प्रज्वल थापा म्यान अफ द फाइनलबाट पुरस्कृत भए। रुपन्देहीकै बसिर अहमद प्लेयर अफ द सिरिजबाट पुरस्कृत भए। चैत २५ देखि सुरु भएको प्रतियोगीता वैशाख ३ गते सकिएको हो। नेपालमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय टी–२० क्लब स्तरीय क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी थिए।

प्रकाशित: ३ वैशाख २०७९ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App