२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सगरमाथा फुटबल क्लब मोरङ १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  

इटहरी रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा फुटबल क्लब मोरङले न्यरोड टिम एनआरटीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब सेमिफाइनलको समिकरण पुरा भएको हो।

सगरमाथा क्लबसँग ३–० को फराकिले हार बेहोरेसंगै शहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थान हासिल गर्न सफल एनआरटी क्वाटरफाइनल खेलबाटै बाहिरिएको छ। एनआरटीविरूद्ध सहज जित निकाल्न सगरमाथा फुटबल क्लब सफल भयो।  

गोल्डकपमा तेस्रो मिनेटमै आवास लामिछानेको गोलबाट सगरमाथाले अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको सगरमाथाले दोस्रो हाफमा थप दुई गोल थपेको थियो।

दोस्रो हाफको २५ औ मिनेटमा प्रदिप लामाले एक गोल गरी खेललाई २–० को स्थितिमा पुर्याएका थिए। त्यसको चार मिनेटमै पुन आवासले एक गोल गरेपछि सगरमाथाले ३–० को फराकिलो जित दर्ता गराउन सफल भएको हो। खेलको म्यान अफ दि म्याच दुई गोल गर्न सफल सगरमाथा क्लबका आवास घोषित हुँदै नगद १० हजार पुरस्कार पाए।

सगरमाथाले फाइनल प्रवेशका लागि बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ। दोस्रो क्वाटरफाइनल खेलमा मनाङ् मस्र्याङ्दीले  पाहुना टोली कञ्चनजङ्गा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

२०७४ सालको इटहरीमा भएको गोल्डकपमा फाइनलमा मनाङ्लाई  थ्रिस्टार क्लब काठमाडौंले १–० गोलले हराएको थियो। २०७५ सालको फाइनल खेलमा पनि मनाङ् मस्र्याङ्दी क्लब काठमाडौंलाईं २–० गोल अन्तरले हराउँदै विभार्गीय टीम आर्मीले उपाधि जितेको थियो।

बुधबारको पहिलो सेमिफाइनल खेल भने विभागीय टिम त्रिभुवन आर्मी क्लब र रोलिङ क्लब झापाबीच हुनेछ। इटहरी गोल्डकप १२ औं संस्करणको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तर विभागीय त्रिभुवन आर्मीले पराजित गरेको थियो। तेस्रो क्वाटरफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई २–१ गोल अन्तरले पराजित गर्दै रोलिङ क्लब झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।  

चैत २६ गते हुने फाइनल खेलकोे विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पाउनेछ।

प्रकाशित: २२ चैत्र २०७८ १५:१८ मंगलबार