४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो दिन पनि सुवासको अग्रता

एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल वेस्टर्न ओपन टुरअन्तर्गत दोस्रो दिनको खेलमा पनि अग्रता कायम राखेका छन्।

हिमालयन गल्फ कोर्स पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुवासले दोस्रो दिन १ ओभर ६९ स्कोर साथ समग्रमा १ अन्डर १ सय ३५ स्कोर बनाउँदै अग्रता कायम राखेका हुन्। सुवासले दोस्रो स्थानमा रहेका जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारेका छन्।

जयरामले लगातार दोस्रो दिन इभन पार ६८ स्कोर बनाए। तेस्रो स्थानका धनबहादुर थापाले दोस्रो दिन १ ओभर ६९ स्कोर जोड्दै समग्रमा ४ ओभर १ सय ४० स्कोर जोडे। सञ्जय लामा र नीरज तामाङ समान ५ ओभर १ सय ४१ स्कोरका साथ संयुक्त चौथो स्थानमा छन्। भुवन नगरकोटी र स्थानीय एमेच्योर अजित विक ६ ओभर १ सय ४२ स्कोरका साथ संयुक्त छैटौं स्थानमा छन्।

सुवासले फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ स्कोर जोडे। उनले सुरुआती दुई होलमा बर्डी गरे पनि तेस्रो होलमा डबल बोगी खेपे। नवौं होलमा डबल बोगी खेपेका उनले दशौं, १३औं र १७औं होलमा बर्डी गरे। उनले १२औं र १८औं होलमा बोगी खेपेका थिए।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता छ। प्रतियोगिताको विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन्।

प्रकाशित: १८ चैत्र २०७८ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App