२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आगामी सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै छ। पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजनामा हुने प्रतिस्पर्धा महानगर खेलकुद विकास समिति गठनपछिको पहिलो भलिबल प्रतियोगिता हो। समितिले यसअघि व्याडमिन्टन तथा टेबलटेनिस प्रतियोगिता आयोजना गरिसकेको छ।  

महानगर खेलकुद विकास समितिले प्रतियोगिता बेष्ट अफ थ्रीमा खेलाउने निर्णय गरेको छ। सेमिफाईनल र फाईनल खेल भने बेष्ट अफ फाईभमा खेलाईने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए। कास्की जिल्ला भलिबल संघले नै तीन वर्ष अघि मेयर कप अन्तरवडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। मेयर कप अन्तर वडास्तरीय भलिबलको उपाधि पोखरा–२३ चापाकोटले जितेको थियो।  

महानगरपालिकाले शुक्रबारसम्म टिम दर्ताको लागि म्याद तय गरेको छ। सदस्य सचिव खड्काका अनुसार महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि सबै वडालाई गएको ९ गते नै परिपत्र गरिसकिएको जानकारी दिए। सबैलाई पत्र पठाइए पनि बिहीबारसम्म थोरै वडाले मात्रै टिम दर्ता गरेको सुनाए।  

भलिबल प्रतियोगितामा विजेता महिला तथा पुरुष टोलीले नगद १ लाख २० हजार राशी प्राप्त गर्ने छन्। उपविजेताले नगद ७०÷७० हजार तथा तेस्रो स्थानमा रहने दुवै टोलीले भने ४०÷४० हजार रुपैयाँ नगद  प्राप्त गर्ने छन्। उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ।  

प्रकाशित: १७ चैत्र २०७८ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App