१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

सूर्य नेपाल वेस्टर्न अ‍ोपन बुधबारबाट

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सूर्य नेपाल वेस्टर्न अ‍ोपन बुधबारबाट पोखरास्थित हिमालयन गल्फ कोर्समा हुँदै छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना हुन लागेको हो।

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताए। इभेन्टको अन्तिम दिन शनिबार प्रोएम इभेन्ट हुनेछ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रूपैयाँ रहेको श्रेष्ठले बताए। जसअनुसार विजेताले नगद १ लाख ३५ हजार, उपविजेताले नगद ८८ हजार तथा तेस्रो स्थान हासिल गर्नेले नगद ६५ हजार प्राप्त गर्नेछन्। उनले शीर्ष २१ मा रहने व्यावसायिक खेलाडीका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको बताए। यस पटक पनि नेपाल नम्बर एक भुवन नगरकोटी, सञ्जय लामा, धनबहादुर थापा र रामे मगरलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। 

प्रकाशित: १६ चैत्र २०७८ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App