१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

लगातार चौथो पटक पनि जित्यो कनमुनीले राष्ट्रपनि रनिङ शील्ड

लगातार चौथो वर्ष पनि प्रथम हुदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शिल्ड जितेको छ। लगातार ३ पटक कप जितेर शिल्ड पच गरेको कनमुनीले राष्ट्रपति रनिङ शिल्डमा जीतको चौका हानेको हो।

१७ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी कुल २२ पदक जितेको हो। जितसंंगै कनकमुनीले १२ हजार नगर र शिल्ड प्राप्त गरेका हो। यस्तै ३ स्वर्ण, ७ रजत र १ कास्य जित्दै तौलेश्वरनाथ संस्कृत माबि दोश्रो र २ स्वर्ण , २ रजत र १ एक कास्य पदज जित्दै रत्नराज्य उमाबि तेश्रो भएको छ।  

संस्कृतले ८ हजार र रत्नराज्यले ६  हजार नगद प्राप्त गरेको थियो। ५ स्वर्ण जितेका कनकमुनीका छात्र सुदीप थारु र ४ स्वर्ण जितेकी कनकुमनी कै छात्रा मनिषा केसी उत्कृष्ठ खेलाडी घोषित भएका थिए।

बिजेता टोलीलाई कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंह र उप मेयर लक्ष्मी साउ ग्प्ताले पुरस्कार र प्रमाण पत्र वितरण गरेको थिए। सो अवसरमा महामन्त्री आचार्यले खेल र खेलाडीतर्फ सरकारले लगानी बढाउँदै जाुनपर्ने बताए। उनले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकाले पनि उनीहरुलाई प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नुपर्ने बताए।  

सो अवसरमा मेयर सिंहले कपिलवस्तु नगरपालिकाले खेल र खेलाडीको विकासका लागि सक्दो प्रयास गरेको बताए। उनले आगमी दिनमा पनि नगरपालिकाले खेल क्षेत्रकालागि लागनी बढाउँदै लाने उनले बताए। कार्यक्रममा उपमेयर गुप्ता कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लागतयले शुभकामना मन्तव्य दिएका थिए। खेल चार दिनसम्म चलेको थियो।

प्रकाशित: ९ चैत्र २०७८ १५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App