४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

फिफा वरियता सुधार हुने गरी खेल्छौंः प्रशिक्षक अलमुताइरी

एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ।

एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई विदाई गरेको हो। नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रीपूर्ण खेल्दै छ। नेपालले चैत १० गते थाईल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लव चोनबुरीसँग मैत्रीपूर्ण खेल्दैछ। केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए। इन्डोनेसिया र जोर्डन जत्तिकै थाइल्यान्ड भएकाले आफ्नो टोली जित या बराबरीका लागि खेल्ने विदाई कार्यक्रममा प्रशिक्षक अलमुताइरीले बताए।

राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका राष्ट्रिय टोलीले थाईल्याण्ड भ्रमण गर्न लागेको हो। मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिग च्याम्प्यिन मच्छिन्द्रका खेलाडी विना मैत्रिपूर्ण खेलका लागि टोली बनाएका थिए। नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन्। टोली सोमबार थाइल्याण्ड तर्फ प्रस्थान गर्दै छ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एएफपसी छनोटमा नेपाल  समूह ए मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन्। एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्।

प्रकाशित: ६ चैत्र २०७८ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App