१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चैत अन्तिम सातादेखि २३औं बुढासुब्बा गोल्डकप हुने

२३औं बुढासुब्बा गोल्डकपबारे जानकारी दिदै आयोजक धरान फुटबल क्लब।

गत वर्ष कोभिड १९ महामारीको कारण स्थगित भएको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकप प्रतियोगिताको २३ औं सँस्करण आगामी चैत अन्तिम साता हुने भएको छ।

धरान फुटबल क्लबले आज (बुधबार) पत्रकार सम्मेलन गर्दे प्रतियोगिता चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगितामा भारतको २ क्लबसहित ८ टिम सहभागी हुने अध्यक्ष किशोर राईले जानकारी दिए।

गत वर्ष कोरोना महामारीको कारण प्रतियोगिता स्थगित गर्नुपरेको भन्दै उनले यो वर्ष धरानवासी तथा खेलप्रेमीहरुको विशेष अनुरोधमा आयोजना गर्ने हिम्मत गरेको पनि बताए। २०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता गत वर्ष पहिलो पटक रोकिएको थियो।

प्रतियोगितामा सम्भावित सहभागी टिमहरुमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम रहेको पनि आयोजकले जनाएको छ। यस्तै, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने आयोजकको भनाई छ।

सहभागी टिमहरुको निक्यौल भएपछि पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि अध्यक्ष राईले बताए। प्रतियोगिताको विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउने कोषाध्यक्ष घनश्याम बुढाथोकीले जानकरी दिए।

उनका अनुसार प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन्। यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउनेछन्।

प्रतियोगितामा ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताको लागि यो वर्ष धरान उपमहानगरपालिकाले कुल १८ लाख बजेट दिने निर्णय गरेको छ। उक्त बजेटमध्ये पहिलो र दोस्रो पुरस्कारको लागि १५ हजार हो भने ३ हजार आयोजक क्लबलाई टिम तयारीको लागि खर्च गर्न उपलब्ध गराएको अध्यक्ष राईले जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७८ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App