२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

कीर्तिपुरको विजयी सुरुआत

कीर्तिपुर नगरपालिकाले सोमबार लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बिएमकेलाई ९५–६९ ले पराजित गर्‍यो। कीर्तिपुरले चारै क्वार्टरमा अग्रता लियो। कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रता बनाउँदै विजयी सुरुआत गरेको हो। कीर्तिपुरको सहज जितमा सोमन महर्जनले २४ अंक योगदान गरे।

बिएमकेका मिलन मल्लले २९ स्कोर गरे पनि यो जितका लागि पर्याप्त भएन। पुरुषमै सुजन महर्जनको ३१ अंक सहयोगमा ड्रिम टिमले शंकरदेव क्याम्पसलाई ८३–४८ ले सहजै हरायो। शंकरदेवका राजेश ठकुरीले १६ अंक जोडे। पहिलो क्वार्टरमा १५–१४ को झीनो अग्रता लिएको ड्रिम टिमले अन्तिमसम्म अग्रतालाई जोगाइराख्यो।

 ड्रिम टिमले दोस्रोमा २३–१३, तेस्रोमा ३२–१२ र चौथोमा १३–९ अंक जोड्यो। नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा रोयल बास्केटबल एकेडेमीले ललितपुर हाईमाथि ४८–३९ को जित दर्ता ग¥यो। पहिलो क्वार्टरमा १४–१० को अग्रता बनाएको रोयल दोस्रोमा ९–९ को बराबरीमा रोकियो। तेस्रो क्वार्टरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो।  

चौथो तथा अन्तिम क्वार्टर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित ग¥यो। आयोजक संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको स्व. लामाका पिता लामा पासाङ शेर्पा र दाइ नवाङ निमा लामाले उद्घाटन गरे। फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टोली सहभागी छन्।

प्रकाशित: ३ फाल्गुन २०७८ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App