५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

म्याराथन दौडिने धावक नै भेट्नै गाह्रो

फागुन ७ नजिकिदैं छ। यो दिन धावकको लागि विशेष पनि छ। प्रजातन्त्र दिवस मनाईरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरु भने ‘अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन’ दौडिने छन्। त्यति मितिमा म्याराथनसँगै महिला हाफ म्याराथन हुने छ। हाफ म्याराथनलाई भने पछि थप गरिएको इभेण्ट हो।  

नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो। १५ वर्ष निरन्तर आयोजना भईसकेको छ। आगामी फागुन ७ गते शनिबार १६ औं सस्करणको म्याराथनको संघारमा मञ्च छ। १६ वर्षसम्म निरन्तरता दिएपनि विडम्बना कास्कीबाट म्याराथन दौडिने धावक नै भेटिन् मुश्किल छ।  

‘आयोजनाको उद्देश्य नै खेलाडी उत्पादन हो। तर विडम्बना अहिलेसम्म कास्कीबाट म्याराथन धावक उत्पादन भएको तथ्य छैन्।’ भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले भने,‘दुःख गरेर इभेण्ट गर्यो। उत्पादन शून्य भयो।’ १५ वर्षसम्म दौडाउँदा पोखराको प्रतिनिधित्व गरेर म्याराथनमा नाम राख्ने खेलाडी मञ्चले अझै पाएको छैन्। मञ्चका अनुसार म्याराथनमा उत्कृष्ठ दशभित्र आउने धावक नै छैनन्।  

स्थानीय धावकलाई म्याराथनप्रति प्रोत्साहित गर्ने योजना मञ्चको छ। उत्कृष्ट दशमा आउनेलाई पुरस्कृत गर्दै हौसला थप्ने मञ्चको भित्रीचाहना हो। तर त्यो चाहना पुरा गर्ने धावकका खडेरी नै रहेको मञ्चका अध्यक्ष पराजुलीको बुझाई थियो। ‘म्याराथन वर्षेनी आयोजना हुन्छ। मञ्चले म्याराथनको श्रृखंला दिने हो,’ उनले भने–‘तर रिजल्ट छैन्। मेहनत बढी रह्यो। स्थानीय म्याराथन धावकको खडेरी पुरा हुन सकेन्।’  

राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुन्छ। दुई वर्षमा आयोजना गर्ने भनिएपनि राजनीतिक अस्थिरता र विभिन्न कारणले धकेलिदैं गएको छ। राष्ट्रिय प्रतियोगितामा समेत कास्कीबाट म्याराथनमा सहभागि हुने खेलाडी पाउनै मुश्किल रहेको उनको भनाई थियो । पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट म्याराथनमा दौडिने धावक छैनन्।  

भुतपूर्व खेलाडी मञ्चले म्याराथनलाई पोखराको प्रतिष्ठासँग जोडेको छ। प्रतिष्ठासँग जोडिएपनि धावक उत्पादन नहुदाँको पीडा मञ्चसँग छ। म्याराथनलाई सरकारी निकायले चासो दिएका छन्। आर्थिक रुपमा सहयोग गरेका छन। ‘सरकारी निकाय म्याराथनसँग कनेक्सन भईदिएका छन्,’ उनले भने–‘प्रदेश सरकार र स्थानीय निकायले सहयोग गरेका छन् तर खेलाडी नहुदाँको पीडा उस्तै छ।’  

पोखरा म्याराथन २०५८ सालमा शुरुवात भएको थियो। शुरुवातको समयमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो। त्यसपछि राजनीतिक अस्थिरतासँगै वाणिज्य बंैंकले मुख्य प्रायोजनबाट पछि हट्यो। २०६५ सालमा १० किलोमिटर दौड मात्रै आयोजना गरिएको थियो। त्यसपछिको संस्करण एकैपटक ०७२ सालमा आएर आयोजना गरिएको थियो। २०६४ पछि २०७२ सम्मको अवधिमा मुख्य प्रायोजनकै अभाव र आर्थिक सहयोग जुटाउन नसक्दा मञ्चले म्याराथनलाई थाँती राख्यो। 

पोखराको प्रतिष्ठासँग जोडिएको म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गरेपछि फेरी व्यँुतिएको हो। सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ। मञ्चको आयोजना र सफल दूधको मुख्य प्रायोजन रहेपनि कास्कीबाट म्याराथन धावकको नाम उत्कृष्ट दशभित्र परेको उदघोष मञ्चले अझै गर्न पाएको छैन्। पोखरा म्याराथनमा नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा बनाएको किर्तिमानी समय अझै तोडिएको छैन्।  

प्रकाशित: २० माघ २०७८ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App