१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल- मरिसस फुटबल: नेपाल १-० ले अगाडि

नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल भईरहेको छ। खेल सुरु भएको १०औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका छन्। नेपाल र मरिससबीच भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलकाे पहिलो हाफमा नेपाल १-० ले अगाडि छ।

खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो। यस्तै खेलको १२औं मिनेटमा गोलरक्षक तथम कप्तान किरण चेम्जोङले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे। 

पेनाल्टी बक्समा ह्यानड गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो।तर, कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए। गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले पराजित गरेको थियो। नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए।

प्रकाशित: १८ माघ २०७८ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App