१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पहिलो पटक मोरिसस फुटबल टोली नेपालमा

माघ १५ र १८ गते हुने मैत्रीपूर्ण फूटबल प्रतियोगिताकालागि अफ्रिकी राष्ट्र मोरिससको राष्ट्रिय फूटबल टोली नेपाल आइ पुगेको छ।

मोरिससको ३३ सदस्यीय टोली सोमबार नेपाल आइपुगेको हो। नेपालले दशरथ रंगशालामा मोरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

पहिलोपटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताए।

नेपाल आइ पुगेको टोलीको कोरोना परीक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी छ। कोभिड मापदण्ड अन्तर्गत मोरिसस टोली खेलभन्दा पाँच दिन अगाडि नै काठमाडौं आइ पुगेको हो।

प्रकाशित: १० माघ २०७८ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App