१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गोधुली कपको सेमिफाइनल सेमिकरण पूरा, शनिबार दुवै खेल हुने

२२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। धरान १६ स्थित रंगशालामा शुक्रबार भएको चार क्वार्टरफाइनल खेलमा विजयी हुँदै वडा नं १४, ८, १६ र १३ सेमिफाइनल प्रवेश गरेसँगै समिकरण पूरा भएको हो। शुक्रबार पहिलो क्वार्टरफाइनल खेल वडा नं.१४ ले सडन डेथमा वडा १५ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। वडा नं १४ गत वर्षको विजेता पनि हो।

निर्धारित समयको खेल र टाइब्रेकर पनि बराबरी भएपछि खेलको छिनोफानो सडन डेथबाट भएको थियो। सडन डेथमा वडा १४ का सुवास वसन्त तामाङले गोल गरेका थिए भने वडा १५ का सुवास मगर गोल गर्न चुकेका थिए। निर्धारित समयको खेलमा वडा १५ ले पहिलो हाफको ५ मिनेटमै अग्रता लिएको थियो। पेनाल्टी अवसरमा वडा १५ का मदन लिम्बुले गोल गरेका थिए। तर, २८ औं मिनेटमा वडा १४ का सुसन तामाङले बराबरी गोल गरेका थिए।

निर्धारित समयको खेल बराबरी भएपछि टाइब्रेकर भएको थियो। टाइब्रकेरमा पनि बराबरी भएपछि खेलको छिनोफानो सडन डेथमा पुगेको थियो। उक्त खेलमा वडा १४ का गोलकिपर राजिव खड्का म्यान अफ दि म्याच घोषित भए। उनले नगद २ हजार हात पारे।

यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा वडा नं ८ ले वडा नं १८ लाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। पहिलो हाफको ३५ औं मिनेटमा वडा ८ का राजन थापा मगरले एक मात्र निर्णायक गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच पनि गोलकर्ता राजन घोषित हुँदै नगद २ हजार हात पारे।

यसैगरि, तेस्रो सेमिफाइनल खेलमा वडा नं १३ ले १९ लाई ३–१ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। वडा १६ का सरोज लकान्द्रीले ८ औं र २४ औं मिनेटमा गोल गरेका थिए भने शैलेन्द्र नेपालले २० औं मिनेटमा १ गोल गरेका थिए। वडा १९ का खेलाडी इन्सान राईले २८ औं मिनेटमा एक गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच वडा १६ का सरोज लकान्द्री भए। उनले नगद २ हजार हात पारे।

चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा वडा नं १३ ले वडा ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। वडा नं १३ को जितमा दुवै गोल मिलन लिम्बुले गरेका थिए। उनले ५ र २८ औं मिनेटमा गोल गरेका थिए। वडा नं ११ का रिवश मास्केले २७ औं मिनेटमा गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच वडा १३ का विवेक राई घोषित हुँदै नगद २ हजार हात पारे।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल शनिबार हुने आयोजक गोधुली क्लबले जनाएको छ। पहिलो सेमिफाइनल खेल दिउँसो १ बजे वडा नं १४ र वडा १६ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ। वडा १४ गत वर्षको विजेता र वडा १६ उपविजेता टोली हो। यस्तै, दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजे वडा नं १३ र वडा नं ८ बीच हुनेछ।

प्रकाशित: ३० पुस २०७८ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App