४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तिम चारमा शिक्षादीप र अरनिको

शिक्षादीप र अरनिको कलेज हिसान स्पोर्ट्स मिटको सेमिफाइनलमा प्रवेश गरेका छन्। विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा शिक्षादीपले कान्तिपुर कलेजलाई २८ रनले पराजित गरेका छ। अर्को खेलमा अरनिकोले लर्डबुद्ध कलेजलाई  ६ विकेटले पराजित गरेको हो। शिक्षादीप र अरनिको दुवै टोलीले खेलको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरे।

पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ थालेको शिक्षादीपले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो। कृष्ण चौधरीले ३५, रविन राजवंशीले २५, रामरिजन यादव र निलेश देवले समान १०–१० रन बनाए। कान्तिपुरका बाबु गोइत र पप्पु यादवले २–२ तथा सुमन यादव र पप्पु मण्डलले १–१ विकेट लिए।

१ सय १० रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८१ रनमा समटियो। भोला सेठले २२, कृष्ण गुप्ताले १७ र महमद  सकिमले ११ रन बनाए। शिक्षादीपका म्यान अफ द म्याच रामरिजन यादवले ३, महमद मुम्ताज र मनिष घिमिरेले २–२ विकेट लिए।

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८३ रनमा सीमित भयो। विवेश साहले १४, सुमित शर्माले १२ र शिशिर चौधरीले ११ रन बनाए। अरनिकोका अंकित मण्डलले ४, अभिषेक बराल र ऋषि यादवले २–२ विकेट लिए। ८३ रनको लक्ष्य पाएको अरनिकोले ११ ओभर २ बलमा ४ विकेट गुमाउँदै विजयी भयो। अंकित मण्डलले २७, दीपुकुमार स्वर्णकारले १८ र योगश कहरले १२ रन बनाए। लर्डबुद्धका आदित्य राजले २ विकेट लिए। म्यान अफ द म्याच अरनिकोका अंकित मण्डल भए। हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल सगरमाथा र कोसी क्याम्पस र दोस्रो खेल अरनिको र ग्रिनल्याण्ड कलेजबीच हुनेछ।

प्रकाशित: २७ पुस २०७८ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App