१० असार २०८१ सोमबार
image/svg+xml
खेल

पुसको अन्तिममा भारोत्तोलन

नेपाल भारोत्तोलन संघको आयोजनामा २४औं पुरुष तथा नवौं राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ।

भारोत्तोलन संघले एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता आगामी पुसको २७, २८ र २९ गते आयोजना गर्ने जनाएको हो।

मध्यपुर थिमीको थिमी बैंक्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरी कुल ६ इभेन्टमा प्रतिस्पर्धा हुने आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले (बोस) जानकारी दिए। प्रतियोगितामा २० जिल्ला, तीन विभागीय टोली एपिएफ, नेपाल प्रहरी र त्रिभुवन आर्मी क्लब गरी दुई सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५ केजी, ६१ केजी, ६७ केजी, ७३ केजी, ८१ केजी, ८९ केजी, ९६ केजी, १ सय २ केजी, १ सय ९ केजी र १०९ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषको युथमा ४९ केजी, ५५ केजी, ६१ केजी, ६७ केजी, ७३ केजी, ८१ केजी, ८९ केजी, ९६ केजी, १ सय २ केजी र १ सय २ केजीमाथिका खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।

यस्तै जुनियर तथा सिनियर महिलामा भने ४५ केजी, ४९ केजी, ५५ केजी, ५९ केजी, ६४ केजी, ७१ केजी, ७६ केजी, ८१ केजी, ८७ केजी र ८७ केजी तौलमाथि प्रतिस्पर्धा हुनेछ। महिला युथमा ४० केजी, ४५ केजी, ४९ केजी, ५५ केजी, ५९ केजी, ६४ केजी, ७१ केजी, ७६ केजी, ८१ केजी र ८१ केजी तौलमाथि प्रतिस्पर्धा हुनेछ।

महिलाको युथ, जुनियर र सिनियर गरी ३० स्वर्ण, ३० कांस्य र ३० रजत पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। यस्तै पुरुषतर्फपनि युथ, जुनियर र सिनियर गरी ३० स्वर्ण,३० कांस्य र ३० रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित ५१ लाख रूपैयाँ खर्च हुने आयोजकको भनाइ छ।

प्रकाशित: १७ पुस २०७८ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App