१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला भलिबल टोलीलाई स्वागत

बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।

उपाधि जितेर फर्किको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज र नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

सेन्ट्रल जोन भलिबल च्यालेन्जकपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोलीसहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्किएको हो।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नेपाल महिला भलिबलमा राम्रो भएको र अबको दिनमा भलिबका लागि छुट्टै अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रशिक्षण स्थल आवश्यक भएको बताए।

यस्तै नेपाली महिला टोलीकी कप्तान अरुणा शाहीले भलिबललाई सुविधा सम्पन्न कभर्डहल आवश्यक भएको बताइन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि जित्ने महिला भलिबल खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय समेत गरेको छ।

बैठकले उपाधि जित्ने १२ खेलाडीलाई जनही पाँच लाख, दुई प्रशिक्षकलाई जनही ३ लाख र एक अफिसियललाई २ लाख रुपैयाँ नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले ज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको थियो।

प्रकाशित: १५ पुस २०७८ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App