१५ चैत्र २०८० बिहीबार
खेल

जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल पुस १५ देखि

क्याप्शन

सुनसरी जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल पुस १५ गतेदेखि हुने भएको छ। कोरोना संक्रमणका कारण दुई वर्षदेखि हुन नसकेको खेल अब सहज भएसँगै हुन लागेको हो।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको ‘ए’ डिभिजन जिल्ला लिगमा जिल्लाका आठ टिमले प्रतिस्पर्धा गर्ने एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए। इटहरी रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टिमलाइ दुई समूहमा विभाजित गरिएको छ।

समूह ‘क’ मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहवी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहवी रहेका छन्। यस्तै, समूह ‘ख’ मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन भने इटहरीका राष्ट्रिय जागृति क्लब तथा इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ।

१७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल विजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ। खेलमा उपबिजेता टिमले ३० हजार रुपैयाँ पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए। ‘ए’ डिभिजन लिग सकिए लगत्तै जिल्लास्तरीय ‘बी’ डिभिजनको लिग सुरु गरिनेछ।

प्रकाशित: १२ पुस २०७८ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App