१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल टेलिकमलाई उपाधि

नेपाल टेलिकमले शुक्रबार कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि जितेको छ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीद्वारा आयोजित च्याम्पियनसिपको फाइनलमा समग्रमा ३–२ को जित निकाल्दै नेपाल टेलिकमले उपाधि उचाल्यो। पहिलो खेल (पुरुष एकल) मा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८ र २१–१३ को जित निकाल्दै टेलिकमलाई १–० को अग्रता दिलाए।

दोस्रो खेलमा सिल्ककी अनुमाया राईले टेलिकमकी सीमा राजवंशीमाथि जित निकालिन्। अनुमायाले सीमालाई २१–१४ र २१–१५ ले हराइन्। कर्पोरेट पुरुष युगलमा भने टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्माको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले हराउँदै समग्रमा २–१ को अग्रता लियो। महिला युगलमा टेलिकमकी सीमा राजवंशीको घुँडामा चोट बल्झेपछि रिटायर्ड हर्ट हुँदा २–२ को अवस्थामा पुग्यो।

तर अन्तिम तथा निर्णायक खेल (पुरुष युगल) मा टेलिकमका हरिकृष्णन शर्मा र रत्नजित तामाङले सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडीलाई २१–१७ र २२–२० ले जित्दै आफ्नो टोलीलाई जित दिलाए। विजेता नेपाल टेलिकमले आठ लाख बराबरको चाँदीको रनिङ ट्रफी प्राप्त गर्‍यो।

विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं एनओसीका सचिव रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरे। च्याम्पियनसिपमा खेलाडीहरूले अनुबन्धनबापत २० हजार र प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे।

प्रकाशित: १० पुस २०७८ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App