७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगरमा ‘प्रथम जिल्लास्तरीय मकरजंग तुम्रोक स्मृति ब्याडमिन्टन’ प्रतियोगिताको शुक्रबार उद्घाटन भएको छ। विराट ब्याडमिन्टन क्लबको आयोजना भएको प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन्।

प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा बेलबारीका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडीले आयोजक क्लब विराटका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडीसँग तथा विराटका उत्तम सिमखडा र मिलन नेम्वाङको जोडीले बेलबारीका अर्जुन कार्की र विष्णु आचार्यको जोडीसँग सेमिफाइनल खेल खेल्ने छ।

त्यस्तै मेन्स डबलतर्फ बेलबारीका नवीन राई र हेम गुरुङको जोडीले राजधानी युवा क्लबका अजय चौधरी र शशी चौधरीको जोडीसँग तथा विराटका भोजबहादुर गुरुङ र उत्तम सिमखडाको जोडीले बेलबारीको ज्योती हाङ राई र लाक्पा शेर्पाको जोडीकाबीच सेमिफाइनल खेल हुनेछ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरेका थिए। क्लबकै आफ्नो कभर्ड हलमा आयोजना गरिएको दुई दिने प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन्।

प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लब, बेलबारी ब्याडमिन्टन क्लब, उर्लाबारी ब्याडमिन्टन क्लब, सशस्त्र प्रहरी बल टंकीसिनवारी, डिडिसी क्लब, विराटनगरको राजधानी युवा क्लब, विराटनगर ब्याडमिन्टन क्लब, अवेश स्पोर्टस सेन्टर र नेपाल राष्ट्र बैंकको  सहभागिता रहेको छ। प्रतियोगितामा मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्सहरुमा ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका छन्।  

प्रतियोगिताको मेन्स डबलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ तथा भेट्रान्स ४५ वर्षमाथिको विजेताले नगद २० हजार, उपविजेताले नगद १२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन्। खेलको मुख्य प्रायोजक रहेका अर्जुन तुम्रोक, दुर्गाप्रसाद तुम्रोक र ताराकुमार तुम्रोकले आफ्नो बुवाको स्मृतीमा प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष समशेर राईले जानकारी दिए।  

प्रकाशित: ९ पुस २०७८ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App