४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

प्रशिक्षणमा जाने २ प्रशिक्षकको बिदाइ

काजकिस्तानमा हुने कराते प्रशिक्षक र रेफ्रीको तालिममा सहभागी हुने विराटनगरका २ जना कराते प्रशिक्षकलाई बिदाइ गरिएको छ।

विराटनगरका कराते प्रशिक्षक विमल पोखरेल र प्रवीण राना मगर काजकिस्तानमा मंसिर २६ देखि पुस ७ गतेसम्म आयोजना हुने ‘रिफ्रेस कोष’ तालिमका लागि जाने भएका हुन्। पोखरेल प्रशिक्षक र मगर रेफ्री विधाको प्रशिक्षणका लागि जान लागेको बताइएको छ। पोखरेल र मगरसहित नेपालको अन्य ठाउँबाट गरी ६ जना जाने मगरले जानकारी दिए।

१७ औं एसियन सिनियर कराते च्याम्पियनसिप तथा १९ औं जुनियर च्याम्पियनसिपको अवसरमा आयोजना हुने प्रशिक्षणमा सहभागी हुने भएका हुन्।

प्रशिक्षणका लागि जान लागेहरुलाई बिदाइ गर्दै समितिमा बजेट अभाव भएको कारण उचित सहयोग गर्न नसकेको बताए। नियमअनुसार खेलकुद समिति गठन भए पनि आवश्यक बजेट नहुँदा समस्या भइरहेको बताएका छन्। तालिममा लिएको ज्ञान र सिपबाट जिल्ला तथा देशकै खेल क्षेत्रमा लागू गर्ने विश्वास बिदाइ कार्यक्रमका अतिथिहरु बताए।

प्रशिक्षणका लागि जान लागेका प्रशिक्षकहरुलाई प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेत, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइराला, कराते प्रशिक्षक विनोद राउतलगायतले बिदाइ गर्दै शुभकामना दिएका थिए।

प्रकाशित: २२ मंसिर २०७८ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App