१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नरेन्द्र र मनीष उत्कृष्ट

धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नरेन्द्र तथा महिलामा मनीषा उत्कृष्ट भएका हुन्। धापासीस्थित श्रीसमाज भवनमा सम्पन्न प्रतियोगिताको पुरुष ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दुवारले स्वर्ण, सर्लाहीका समित विकले रजत तथा सर्लाहीका कृष्ण पण्डितले कांस्य जिते। पुरुषकै ३० केजीमुनि केन्द्रका सलिन थापा, ६५ केजीमा केन्द्रका अनिश दाहाल र ४०.५–४५ केजीमा धनगढीका नितेश कठायतले स्वर्ण पदक जिते। त्यसैगरी पुरुषको ५०.५–५५ केजीमा एपिएफका सञ्जय राई, ५५.५–६० केजीमा सिन्धुपाल्चोकका अल्ताप दनुवार, ६०.५–६५ केजीमा एपिएफका रोहित चुनारा र ३५.५–४० केजीमा केन्द्रका अंकित श्रेष्ठले पहिलो भए।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिलातर्फ ४५.५ केजीमाथि सर्लाहीकी बन्दना बराल सर्लाहीकै चाँद यादवलाई फाइनलमा पराजित गर्दै पहिलो भइन्। नुवाकोटकी पद्मा तामाङ तेस्रो स्थानमा खुम्चिन्। महिला ४५ केजीमुनि एपिएफकी दीपा शाहीले स्वर्ण जितिन्। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे। तीनदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजक संघका प्रमुख प्रशिक्षकसमेत रहेका महासचिव शिव थापाले जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७८ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App