१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुम्दीको उल्लेरीमा सेभेन ए साईड फुटबल प्रतियोगिता

पोखरा–२२ पुम्दीभुम्दीको उल्लेरीमा पहिलोपटक सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना हुदैंछ। ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित उल्लेरी युवा क्लबले गाउँमै पहिलो पटक सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो।  

१६ सय मिटरको उचाईमा रहेको उल्लेरीस्थित खेल मैदानमा यही मंसिर २२ गतेदेखि २५ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिए। क्लबका अध्यक्ष जीवन गुरुङका अनुसार चारदिने फुटबल प्रतियोगिताले कोरोनाले थलिएको ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ। गाँउमा ५ घर होम स्टे छन्।  

राष्ट्रिय खेलकुद परिषद तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा सेभेन ए साईड फुटबल मैदान निर्माण गरेपछि क्लबले सेभेन ए साईड फुटबलको जमर्को गरेको हो। प्रतियोगिताका कास्की र छिमेकी जिल्लाका गरी २२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ। उल्लेरी गाँउ स्याङजासँग जोडिएको छ।  

प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले २५ हजार र तेस्रो हुने टिमले नगद  १० हजार रुपैयाँ प्राप्त गर्ने छ। उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले ट्रफी पाउने छ। प्रतियोगिताको लागि विदेशमा रहेको आफन्त र साथीभाइको सहयोग रहने विश्वास गर्दै संयोजक गुरुङले बचत रकम खेलकुद मैदान निर्माणमै खर्च गरिने बताए।  

प्रकाशित: १० मंसिर २०७८ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App