१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फाइनल समीकरण पूरा

काठमाडौं/ एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज/गल्र्स डबल्सका दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएका छन्।

ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई ७–६ (४), ४–६, १०–४ ले तथा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडीले नेपालकै श्लोककेशर खड्का र पाकिस्तानका अमिर मुहम्मद खान मजारीको जोडीलाई ६–३ ,६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे।

गल्र्स डबल्समा नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीले नेपालका शिभाली गुरुङ र प्राज्ना मानन्धरको जोडीलाई ६–१, ६–४ ले तथा सर्किट–१ का च्याम्पियन नेपालका सुनीरा थापा र प्रशंसा मोक्तानको जोडीले नेपालकी कृषा अधिकारी र अमेरिकाकी नाला जोस्फिन मास्केको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा हराउदै फाइनलमा पुगे। 

सिंगल्समा भने सेमीफाइनल समीकरण तयार भयो । ब्वाइज सिंगल्समा पाकिस्तानका अमिर मुहम्मद खान मजारीले नेपालका श्लोककेशर खड्कालाई६–१,७–६ (६) ले, सर्किट– १ का विजेता सक्षमविक्रम शाहले नेपालका बोरिस अधिकारीलाई ६–१, ६–२ ले, भारतका सिद्धार्थ जिबुले नेपालका निसाद जोशीलाई ३–६, ६–१, ६–२  ले तथा नेपालका दर्शिल श्रेष्ठले नेपालका श्रीयोग अधिकारीलाई ७–५,६–१ ले पाखा लगाउँदै सेमिफाइनलमा पुगे।

त्यसै स्पर्धाको गल्र्समा सर्किट–१ की स्वर्णधारी नेपालकी सुनीरा थापाले नेपालकी जेनी खड्कालाई ६–३, ६–३ ले, नेपालकी आध्या पौडेलले नेपालकी प्राज्ना मानन्धरलाई६–०,६–३ ले, नेपालकी प्रशंसा मोक्तानले नेपालकी मान्सा कँडेललाई ६–०, ६–२ ले तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी कृषा अधिकारीलाई ३–६, ७–६ (४),६–१ ले पन्छाउँदै सेमिफाइलनमा स्थान पक्का गरे।

प्रकाशित: ८ मंसिर २०७८ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App