१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तनहुँलाई पराजित गर्दै नवलपुरको सुखद अन्त्य

तनहुँलाई ८ विकेटले पराजित गरेर नवलपुरले दोस्रो जित निकाल्दैं गण्डकी प्रदेश यु–१९ क्रिकेट छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ।  

टस हारेर व्याटिङ गरेको तनहुँले २६.५ ओभर खेल्दै ८७ रनमा समेटिएको थियो। ८८ रनको लक्ष्यलाई नवलपुरले २ विकेटको क्षतिमा पुरा गर्ने क्रममा २२.४ ओभर खेल्यो। प्रमिश अर्यालले ३२ रनको उत्कृष्ट शुरुवात गरेपछि नवलपुरले जितको लक्ष्य पछ्याउन सहज भएको थियो।  

अर्यालले ६१ बल खेल्दै ५ चौका हान्दै गतिलो सुरुवाती गरिदिए। गोविन्द विकलाई २ रनमा गुमाएको नवलपुरले ३२ रनमा अर्याललाई गुमाएको थियो। दिपक डुम्रेले २७ रनमा अविजित रहँदै जित पक्का बनाए। उनले ६० बल खेल्ने क्रममा १ चौका र २ छक्का प्रहार गरे। कमल परियार पनि ४ बलमा ६ रनमा अविजित रहे।  

गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा तनहुँले प्रशान्त सिंहको ३४ रनको योगदानमा ८७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। तनहुँका लागि पहिलो विकेट ७ रनमै गुमाएको थियो। दिपेश अधिकारी ८ रनमा आउट हुँदा समीर कँडेल भने शून्यमै क्रिज छाड्न पुगे।  

उत्सव श्रेष्ठ पनि ३ रनमै गुमाएको तनहुँले सचिनराज अधिकारीले भने इनिङ्स सम्हाल्दै २० रन जोडे। उनी कमल परियारको बलमा दिपक डुम्रेको हातबाट क्याच भएपछि तनहुँको व्याटिङ फेरी धर्मराउन थाल्यो। मध्यक्रममा प्रशान्त सिंहले क्रिजमा जम्दै ३४ रन बनाएपछि योगफल बढ्दै गएको थियो। तर अन्य व्याटरको प्रदर्शन भने सम्झन योग्य नै रहेन्।  

नवलपुरका कमल परियारले ६.५ ओभरमा २९ रन खर्चिएर ३ विकेट लिए। अपराजित पौडेलले एकै ओभरमा विना रन खर्चिदैं २ विकेट लिए। सुदीप अर्यालले ५ ओभरमा १० रन दिएर २ विकेट लिए। छनोटको अन्तिम खेल कास्कीले तनहुँसँग खेल्ने छ।  

प्रकाशित: ३ मंसिर २०७८ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App