२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राईले जिते पाँचपोखरी हाफ म्याराथन

सोलुखुम्बुका सुमन कुलङ राईले चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि जितेका छन्।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित चार हजार दुई सय मिटर उचाइमा भएको प्रतियोगितामा कुलुङले निर्धारित दूरी १ घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। सोलुखुम्बुका सुमनले ट्रफीसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार हात पारे।

आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दोस्रो र तेस्रो भए। गोपालले दुई घण्टा २९ सेकेन्ड र श्रीकासले दुई घण्टा १ मिनेट ४० सेकेन्डमा उक्त दौड पूरा गरे। दोस्रोले नगद ३० हजार र दोस्रोले २० हजार रूपैयाँ हात पारे। चौथो र पाँचौं स्थान क्रमशः अर्जुन कुलुङ र तीर्थ तामाङले प्राप्त गरे। महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भइन्।

उनले दुई घण्टा ४४ मिनेट ४३ सेकेन्डमा उक्त दौड पूरा गरिन्। ट्रफीसँगै रसिलाले नगद ५० हजार रूपैयाँ प्राप्त गरिन्।सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दूरी २ घण्टा ४६ मिनेट २५ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन्। 

तेस्रो, चौथो र पाँचौं स्थान क्रमशः प्युठानकी संगीता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले प्राप्त गरे।सिन्धुपाल्चोकभित्रकै प्रतिस्पर्धातर्फ पुरुषमा सन्च तामाङ र महिलामा नितु तामाङ पहिलो भए। भेट्रान पुरुषमा गोर्खाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठले सफलता पाए।

प्रकाशित: २९ कार्तिक २०७८ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App