coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

त्रिपुरासुन्दरीमा प्रथम मेयरकप भलिवल प्रतियोगिता

मुड्केचुला गापा टिमले जित्यो मेयरकप उपाधि

त्रिपुरासुन्दरी नगरपालिकाले आयोजना गरेको पुरुष तर्फको प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि मुड्केचुला गाउँपालिका टिमले जितेको छ। त्रिशक्ति युवा क्ल्व त्रिपुराकोट वडानं २ र मुड्केचुला गापा टिमबीच भएको फाइनल खेलमा त्रिशक्ति युवाक्लबलाई हराउँदै मुड्केचुला गापाले प्रथम मेयरकपको उपाधि चुम्न सफल भएको हो।

यसैगरी त्रिपुरासुन्दरी वडा नं २ त्रिशक्ति युवा क्लबले दोस्रो स्थान हासिल गरेको छ। साईक्वारी युवा क्लब माझफालले दोस्रो स्थान हासिल गर्न सफल भएको छ।फुल्चिङ युवा क्लबलाई हराउँदै साइक्वारी युवा क्लबले तृत्तीय स्थान हासिल गरेको हो। यसैगरी महिला भलिवल प्रतियोगिता तर्फ भएको खेलमा साइक्वारी युवा क्लब माझफाल प्रथम भएको छ।

जगदुल्ला गापा महिला टिमलाई हराउँदै साईक्वारी टिम प्रथम भएको छ। जनप्रभा माध्यमिक विद्यालय लिकुले तृत्तीय स्थान हासिल गरेको छ। पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल गर्ने मुड्केचुला गापा टिमले १ लाख ५५ हजार ५ सय ५५ नगद प्रमाणपत्र मेडल र ट्रफि,दोस्रो स्थान हासिल गर्ने त्रिशक्ति युवा क्लब त्रिपुराकोट २ ले ९५ हजार पाँच सय पच्पन्न रुपैयाँ प्रमाणपत्र मेडल यसैगरी तेस्रो स्थान हासिल गर्ने साइक्वारी युवा क्लब माझफालले ६५ हजार ५ सय ५५ सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

यस्तै, महिला भलिबल तर्फ प्रथम स्थान हासिल गर्ने साईक्वारी महिला टिम माझफाल, दोस्रो स्थान हासिल गर्ने जगदुल्ला गापा महिला टिम र तेस्रो स्थान हासिल गर्ने जनप्रभा मावि लिकुको महिला टिमले क्रमश ७० हजार ५ सय ५५ नगद प्रमाणपत्र ट्रफि र मेडल, दोस्रो स्थान हासिल गर्ने जगदुल्ला गापा महिला टिमले ५४ हजार ५ सय ५५ नगद प्रमाणपत्र र मेडल यसैगरी तेस्रो स्थान हासिल गर्ने जनप्रभा मावि लिकुको महिला टिमले ३० हजार नगद प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश माननीय बदमीक्वारी बुढा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी प्रहरी नायवउपरिक्षक राजु पाण्डे लगायतका विशिष्ट ब्यक्तित्वहरुले पुरस्कार तथा वितरण गरेका थिए। २०७८ कार्तिक १३ गतेदेखि संचालन भएको मेयरकप जिल्लास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला पुरुष गरेर १९ वटा टिमले सहभागिता जनाएका थिए।

प्रकाशित: १९ कार्तिक २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App