४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरामा सोमबारदेखि यू–१९ क्रिकेट क्याम्प

पीच मर्मत गरिदैं

पोखरास्थित क्रिकेट मैदान। तस्बिरः नागरिक

नेपाल क्रिकेट संघ(क्यान)ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ। घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानमा खेलाउने गरि मैदानको मर्मत शुरु गरिएको छ। मैदानको घाँस काटिएको छ। पीच मर्मत शुरु गरिएको छ।  

कास्की जिल्ला क्रिकेट संघले आगामी कात्तिक १५ गतेदेखि खुला क्याम्प शुरु गर्ने जनाएको छ। ‘१५ गते क्याम्प गरेपछि सहभागिता खेलाडी संख्या अनुसार छनोट गरेर प्रारम्भिक टिम बनाउँछौ,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘तीन दिन क्याम्प सञ्चालन गर्छौ।’  

तिहार अघि नै क्याम्पबाट खेलाडी छनोट गरी बन्द प्रशिक्षणको लागि तयारी गरिने उनको भनाई थियो। तिहार लगत्तै प्रारम्भिक छनोट गरिएको खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाईने उनले बताए। तीन दिन बन्द प्रशिक्षणपछि अन्तिम नामावली तयार गरेर कास्कीको टिम घोषणा गरिने अध्यक्ष सिग्देलले जानकारी दिए। उनका अनुसार बन्द प्रशिक्षण २२ देखि २४ गतेसम्म सञ्चालन गरिने छ।  

बन्द प्रशिक्षणकै समयमा क्रिकेट पीच समेत तयार हुने विश्वास कास्की जिल्ला क्रिकेट संघले लिएको छ। ‘एउटा मात्रै पीच तयार पारेर प्रशिक्षण गराईने छ,’ उनको भनाई थियो। उनले पीच मर्मतको काम शुरु भएको जनाउँदै एकसाताभित्रमा तयार हुने बताए। २५ गतेपछि गण्डकी प्रदेश क्रिेकट संघले छनोट प्रतियोगिता शुरु गर्ने तयारी छ। मंसिर ४ गतेभित्रमा प्रदेश टोली छनोट भई राष्ट्रिय प्रतियोगिताको लागि प्रस्थान गर्नेछ।  

प्रकाशित: १३ कार्तिक २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App