१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

शुक्रबारदेखि पोखरामा वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता

पोखरामा शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुदैंछ। पोखरा महानगरपालिका–१७ को विशेष सहयोगमा माईण्ड फ्रेस चेस क्लबको आयोजनामा तीन दिनसम्म प्रतियोगिता हुने छ।  

वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संयोजक तथा माईन्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताए। ‘पोखरा पहिलोपटक ¥यापिट रेटिङ गेम गर्न लागेका हौं, यो भन्दा अगाडि यस्तो गेम भएको थिएन, प्रतियोगितााको लागि इन्टरनेशनल आर्विटरहरु पोखरा आउनेछन्,’ भण्डारीको भनाई थियो।  

प्रतियोगितालाई अन्तर्राष्ट्रिय बुद्धिचाल(चेस) महासंघले प्रतियोगितालाई मान्यता दिएको छ। प्रतियोगितामा विभिन्न वडाका ६० भन्दा बढीको सहभागिता हुने आयोजको अपेक्षा रहेको छ। प्रतियोगितामा भाग लिनको लागि नाम दर्ता गराउन आयोजकले आग्रह गरेका छन्। दर्ता शुल्क स्थानीय को लागि ५ सय रुपैया र अन्यको लागि १ हजार रुपैयाँ तय गरिएको छ। प्रतियोगीता पोखरा १७ मा रहेको छोरेपाटन माविको प्राङ्गणमा आयोजना गरिने छ।  

प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्रको साथमा प्लाराग्लाईडिङ र नौका विहार(डुङ्गासयर) गर्ने अवसर पाउनेछ। यस्तै द्वितीय पुरस्कार १० हजार रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्रको साथमा बोटिङ, तृतिय पुरस्कार ५ हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्रको साथमा डुङ्गासयर चौथो पुरस्कार ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा डुङ्गासयर, पाँचौ पुरस्कार २ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर रहेको छ।  छैटौ देखि दशौं स्थानसम्मको लागि नगद १ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा डुङ्गासयर गर्ने अवसर प्रदान गरिने आयोजकले जनाए।

यसका साथै उत्कृष्ट महिला, उत्कृष्ट अनरेटेड, उत्कृष्ट भ्रेन्टान्सलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। पोखरा महानगरपालिका वडा नम्बर १७ को विशेष सहयोगमा आयोजना गरिएको प्रतियोगीतामा बुद्धिचाल संघ कास्की सहयोगी संस्थाको रुपमा रहेको छ।  

प्रकाशित: ११ कार्तिक २०७८ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App