७ वैशाख २०८१ शुक्रबार
खेल

सम्झौतापछि अल्मुताइरीले भने: हामीलाई विश्वास गर्नुस्

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन्।

एक वर्षको सम्झौता बाँकी रहदै अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन्। प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफूले सम्झौता नवीकरण गरेको बताए।

अलमुताइरीले आफूले चाँडै दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन्। ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली समर्थकको माया मलाई मात्र नभएर खेलाडीहरुलाई पनि चाहिएको छ। हामीलाई सहयोग गर्नुहोस र हामीमा विश्वास गर्नुहोस।’

प्रकाशित: १० कार्तिक २०७८ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App