१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफले मेरो सपना तोड्योः प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले आफूमाथि अन्याय गरेको बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को उपाधिकालागि नेपाल र भारतबिचको खेलमा उनिमाथि प्रतिबन्ध लगाइएको थियो।  प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।

साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो असन्तुष्टि पोखेका छन्।  ‘साफले अन्याय गरेको छ। यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ। तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो,’ उनले भने, ‘यो नेपाली फुटबलमाथि कारवाही भएको हो।’

साफले नियमावली बिपरीत आफूमाथि कारवाही गरेकोभन्दै प्रशिक्षक अलमुताइरीले अन्यायविरुद्ध कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा जाने बताए। उनले साफले आफ्नो फाइनल खेलाउने सपना चकनाचुर पारिदिएको बताए।

प्रकाशित: ३० आश्विन २०७८ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App