१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

म्याराथनको उपाधि रामलाई

बडा दशैँको अवसरमा विगत दश वर्षदेखि आयोजना हुँदै आएको म्याराथन दौड प्रतियोगिताको उपाधि रामले जितेका छन्। रौतहटको गरुडा नगरपालिका ४ स्थित लायन्स युवा क्लबद्वारा आयोजित स्वर्गीय मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगितामा अजेशकुमार राम प्रथम भएका हुन्।  

चार किलोमिटर खुल्ला म्याराथुन दौडलाई रामले १७ मिनेट ३७ सेकेन्डमा पूरा गरे। राम साइकल, शिल्ड, प्रमाणपत्रसहित सम्मानीत भएका हुन्।

४६ जना युवाहरुले भाग लिएको प्रतियोगितामा रमेशकुमार यादव द्वितीय, अजयकुमार राम तृतीय र सुजीतकुमार चौधरीले चौथो स्थान प्राप्त गरी पुरस्कृत भएका छन्। मनोज बीज भन्डारले पुरस्कारको व्यवस्था गरेको थियो।

हरेक वर्ष आयोजना हुँदै आएको म्याराथन दौड प्रतियोगिताप्रति रौतहटका युवाहरुको आकर्षण बढेको छ। प्रतियोगिता हेर्न सयौँ जना मानिसको उपस्थिति हुने गरेको छ। उक्त अवसरमा स्थानीय व्यावसायी, समाजसेवी, राजनीतिकर्मी, संचारकर्मी तथा प्रहरीको उपस्थिति रहेको थियो।

आगामी वर्ष अझ भव्य र व्यवस्थित रुपमा कार्यक्रम सम्पन्न गर्ने आयोजक क्लबका अध्यक्ष पंकजकुमार जयसवालले बताए।

प्रकाशित: २६ आश्विन २०७८ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App