१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यस्तो बन्यो मालिकादेवी कपको सेमिफाइनल समिकरण

चौतारा साँगाचोकगढी नगरपालिकास्तरीय प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।  

मेलचौरको दरबारडाँडा मैदानमा शनिबार सम्पन्न क्वाटरफाइलन चरणका खेलपछि अन्तिम चारमा स्थान बनाउने टोलीको टुंगो लागेको हो। सुनौलो बिहानी अभियान, लिल फङ घले समाज, काभ्रे जुनियर ब्याइज र वडा नं. ६ ले सेमिफाइनलमा स्थान बनाएका छन्।  

पहिलो क्वाटर फाइनल खेलमा काभ्रे जुनियरले आयोजक मेलचौर युवा जागरण समाज ‘बी’ लाई सडेन डेथमा १–० ले स्तब्ध बनायो। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल ट्राइबेकर पुगेको थियो। ट्राइबेकरमा पनि ३–३ गोलको बराबरी भएसँगै सडेन डेथमा धकेलिएको खेलमा काभ्रे जुनियरले बाजी मार्‍यो। टोलीलाई जितको बाटो देखाउने काभ्रेका गोलकिपर सन्दिप लामा खेलको म्यान अफ दि म्याच भए।  

दोस्रो खेलमा सुनौलो बिहानीले आयोजक मेलचौर युवा समाजलाई उसकै मैदानमा ३–१ गोलले हरायो। सुनौलो बिहानीको फराकिलो जितमा मुस्कान श्रेष्ठले दुई गोल गर्दा प्रकाश खत्रीले अर्को गोल थपे। मेलचौरका दिवस दंगालले गरेको एक मात्र गोल सान्वना बन्यो। सुनौलोका मुस्कान म्यान अफ दि म्याच घोषित भए।  

दिनको तेस्रो क्वाटरफाइनल खेलमा वडा नं. ६ ले साँगााचोक युथ क्लवलाई सडेन डेथमै १–० ले हरायो। निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि भएको ट्राइवेकरमा दुबै टोलीबाट समान ३–३ गोल भयो। अनिश सापकोटाले म्यान अफ दि म्याच प्रदर्शन गर्दा वडा नं. ६ ले बाजी मार्‍यो।  

ट्राइब्रेकरकै मद्दतमा अन्तिम क्वाटरफाइनल खेलमा लिल फङले जल्किने युथ क्लवलाई ४–३ गोलले पाखा लगायो। निर्धारित समयको खोल गोलरहित बराबरीमा सकिएको थियो। लिल फङका गोलकिपर सुशान्त दुलालले खेलमा म्यान अफ द म्याच प्रदर्शन गरे। म्यान अफ द म्याच घोषित चारै खेलाडीले ट्रफी पुरस्कार पाए।  

सेमिफाइनलका दुबै खेल शनिबार सञ्चालन हुने आयोजकले बताएका छन्। पहिलो सेमिफाइनल खेलमा सुनौलो बिहानीले लिल फङसँग भिड्दा दोस्रोमा काभ्रे जुनियर र वडा नं. ६ बीच प्रतिस्पर्धा हुने छ। सेमिफाइनलमा पराजित दुई टोलीले आइतबार तेस्रो स्थानको लागि खेल्दा सोही दिन बिजेताबीच उपाधि प्रतिस्पर्धा हुने छ।

प्रकाशित: २३ आश्विन २०७८ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App