१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दीपक र भवानीको जोडी क्वार्टरफाइनलमा

दीपक लामा र भवानी थापा शुक्रबार दोस्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गर्‍यो। 

सेमिफाइनलमा विजेता जोडीको भेट उमेश राई र देवी पराजुलीको जोडीसँग हुनेछ। गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगिताको अन्य खेलमा टंक पराजुली र विश्व पौडेलको जोडीले कृष्ण धिताल र लक्ष्मण चौलागाईंको जोडीलाई २१–१७ र २१–१४ ले तथा बाबुराम ढकाल र भुवल तामाङको जोडीले कृष्ण खतिवडा र विकास न्यौपानेको जोडीलाई २३–२१ र २१–१४ को सीधा सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। 

त्यस्तै प्रकाश पराजुली र कुमार पन्तको जोडीले सन्तोष बुढाथोकी र भरत बुढाथोकीको जोडीलाई २१–१५ र २१–१२ को सेटमा पन्छाउँदै सेमिफाइनल यात्रा तय गर्‍यो ।

प्रकाशित: २३ आश्विन २०७८ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App