२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बोरिसलाई स्वर्ण

बोरिस अधिकारीले दोस्रो टिम टेनिस नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा बोरिसले दर्शिल श्रेष्ठलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धाको गर्ल्स उपाधि भिडन्तमा कर्मिष्ठा श्रेष्ठले समृद्धि महर्जनलाई २–६, ७–६ र ७–५ को सेटमा हराउँदै पहिलो भइन्। 

यु–८ ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुइँकेललाई ११–९ र १०–२ को सेटमा पाखा लगाउँदै स्वर्ण जिते। उक्त स्पर्धाको  गर्ल्समा अनुश्री ध्वजुले निश्भीरत्न गोर्खालीलाई १०–८ र १०–५ को सेटमा पन्छाउँदै शीर्ष स्थान हात पारिन्।

प्रकाशित: २३ आश्विन २०७८ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App