१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

क्यानका उपाध्यक्ष र सचिवद्वारा राजीनामा

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले बुधबार पदबाट राजीनामा  दिएका छन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन्। लामो समयदेखि नेपाली क्रिकेटको व्यवस्थापनमा रहेका प्याकुरेलले क्यान स्थापित गर्ने र अन्य केही योजना सफल भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्। ‘नेतृत्वलाई ग्रुम गराउने हाम्रा अभियान थियो, जहाँ केही सफल भयौं। आइसिसीको निलम्बनबाट पूर्ण रूपमा फुकुवा भएपछि राजीनामा दिन सोचेको थिएँ,’ प्याकुरेलले भने, ‘योजनाअनुरूप नै राजीनामा दियौं। केही ढिला पनि भयो।’ 

वि.सं.२०७६ सालको असोजमा चतुरबहादुर चन्द नेतृत्वको प्यानलबाट उनी सचिवमा निर्वाचित भएका थिए। तर, प्रभावकारी भूमिका खेल्न असफल र क्यानमा समय दिन नसकेको भन्दै उनको तीव्र आलोचना पनि हुने गरेको थियो। 

श्रेष्ठ पनि चन्द समूहबाट नै मिङ्माडुन्डु शेर्पालाई हराएर उपाध्यक्षमा निर्वाचित भएका थिए। साढे तीन वर्ष लामो अन्तर्राष्ट्रिय निलम्बन भोगेपछि दुई वर्षअगाडि क्यानको निर्वाचन भएको थियो। जहाँ, चतुरबहादुर चन्द अध्यक्षसहित उनको समूहबाट सबै विजयी भएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले वि.सं.२०७२ सालमा क्यानलाई निलम्बन गर्दा चन्दका प्रमुख सारथिमध्ये एक प्याकुरेल पनि हुन्।  

प्रकाशित: १४ आश्विन २०७८ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App