८ वैशाख २०८१ शनिबार
खेल

लगातार दोस्रो दिन खेल रद्द

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबारका लागि तय पोखरा राइनोज र काठमाडौं किङ्स इलेभनबीचको खेल रद्द भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने भनिए पनि मैदान गिलो भएपछि निर्धारित समयमा टस हुन सकेको थिएन। अन्ततः लगातार दोस्रो दिन खेल रद्द भयो।

यसअघि सोमबार काठमाडौं र विराटनगर वारियर्सबीचको पहिलो खेल तथा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि ओसिलो मैदानकै कारण स्थगित भएका थिए। 

आइतबार वर्षाका कारण खेल रोकिँदा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले अंक बाडेका थिए। आयोजकले सोमबार रोकिएका दुई तथा मंगलबार रोकिएको एक खेल नयाँ मितिमा खेलाइने जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७८ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App