२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एएफसी महिला एसियन कप : छनोट सम्भावना जीवित राख्ने चाहना

एएफसी महिला एसियन कप छनोटको अन्तिम खेलमा हङकङको सामना गर्दा नेपाल जितका साथ छनोट सम्भावना जीवित राख्न चाहन्छ।

शनिबार भएको समूह ‘एफ’ को खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल फिलिपिन्ससँग ऐतिहासिक जितबाट टाढिएको थियो। १०औं मिनेटमा विमाला चौधरीको गोलबाट अग्रता लिएको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा अन्ततः २–१ ले पराजित भएको थियो।

त्यसैले अर्को वर्ष भारतमा हुने एसियन कपमा स्थान बनाउने सम्भावना जीवित राख्नका लागि समेत नेपाललाई हङकङविरुद्ध जितको विकल्प छैन।

हङकङ नेपालका लागि नौलो प्रतिद्वन्द्वी होइन। सन् १९८६ को एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालले आफ्नो पहिलो आधिकारिक खेल हङकङविरुद्ध नै खेलेको थियो, जहाँ नेपाल १–० ले पराजित भएको थियो।  

नेपालले सन् १९८६, १९८९ र १९९९ गरी तीन पटक एसिया कप खेलिसकेको छ। हालसम्म नेपाल र हङकङ दुई पटक आमनेसामने भएका छन्। दुवै पटक हङकङले बाजी मारेको छ। समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रकाशित: ५ आश्विन २०७८ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App