१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बक्सिङमा सनिल पहिलो

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल साही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्।

छनोटअन्तर्गत पुरुष ६७ केजीको फाइनलमा सोमबार बक्समान्डुका दावा छिरिङलाई हराउँदै ललितपुरका सनिल पहिलो भएका हुन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा सनिलले दावालाई ५–० को स्कोरले सहजै हराए। यससँगै नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पाँच स्पर्धामा ३२ बक्सरले चुनौती प्रस्तुत गरेका थिए। चार स्पर्धाको फाइनल आइतबारै सकिएका थिए।

यसअघि ५१ केजीमा एचटुओका रविन थापा, ५७ केजीमा एपिएफका पुरन राई, ६३ केजीमा १३औं सागका स्वर्ण विजेता नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ केजीमा एपिएफका विकास लामा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए। 

विश्व च्याम्पियनसिपका लागि बक्सिङ संघले गठन गरेको छनोट समितिले यी पाँचमध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन्। उक्त विश्व च्याम्पियनसिप आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म सर्बियाको बेलग्रेडमा सञ्चालन हुनेछ।

प्रकाशित: ५ आश्विन २०७८ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App