१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अश्विन क्वार्टरफाइनलमा

नक्सालका अश्विन धीरज श्रेष्ठले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।  

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शुक्रबारदेखि सुरु छनोट प्रतियोगितामा अश्विन धीरजले ६५ केजीमुनि तौलसमूहमा आफ्नै क्लबका एबल थापालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। 

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगितामा पाँच स्पर्धाका ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जानकारी दिए। पाँच स्पर्धा समावेश भए पनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ। विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुनेछ।

त्यस्तै ५७ केजीमा एपिएफ क्लबका पुरन राईले एचटुओका बुद्ध ग्याल्मो लामा, दाङका निसम घर्तीमगरले नेपाल प्रहरीका शम्भु राजवंशी, बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका सुदीप श्रेष्ठ र आर्मीका पुरन सुनुवारले अल्फाका रेमन पुनलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। छनोट सोमबारसम्म चल्नेछ। प्रतियोगिताअन्तर्गत शनिबारका खेल अपरान्ह २ः३० बजेदेखि  सुरु हुनेछन्।

प्रकाशित: २ आश्विन २०७८ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App