१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एनआरटीलाई केल्मीको किट्स

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने पुरानो क्लब न्युरोड टिम (एनआरटी) लाई खेलकुदको पोसाक कम्पनी केल्मीले किट्स प्रायोजन गर्ने भएको छ।  

एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मी नेपालका नेपाल प्रतिनिधि प्रदीप न्यौपानेबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भयो। यससँगै क्लबले लामो समयपछि पहिलो पटक किट्सको प्रायोजकसँग सम्झौता गरेको हो। 

यस्तै क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशीले केल्मीसँगको सम्झौता भविष्यमा पनि निरन्तर गर्ने चाहना रहेको बताए। केल्मी नेपालका नेपाल प्रतिनिधि प्रदीप न्यौपानले एनआरटीजस्तो लामो इतिहास बोकेको क्लबसँग जोडिन पाउँदा खुसी लागेको बताए।  

सम्झौता चार वर्षका लागि रहेको र भविष्यमा अझ समयावधि बढाउने सकिने प्रावधानसमेत रहेको छ। सम्झौताअनुसार केल्मी नेपालले एनआरटीलाई चाहिने सबै फुटबल किट्स उपलब्ध गराउनेछ। कार्यक्रममा एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठ र केल्मी नेपालका उत्तम न्यौपानेको पनि उपस्थिति रहेको थियो। सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट हुने तालिका छ। 

प्रकाशित: ३१ भाद्र २०७८ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App