१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पलेशा र नेगी सम्मानित

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित एक कार्यक्रमका बीच पलेशा र नेगी नगदसहित मंगलबार सम्मानित भएका हुन्। १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशालाई नगद ५० हजार र नेगीलाई १० हजार रूपैयाँ नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। गत शुक्रबार टोकियोस्थित माकुहारी मेसेमा के–४४ विधाअन्तर्गत ५८ केजीमुनि पलेशा कांस्य पदकनजिक पुगेर स्तब्ध भएकी थिइन्।

जहाँ उनले विश्व नम्बर दुई चीनकी ली युजीसँग १२–९ को साँघुरो हार बेहोरिन्। तथापि, ओलम्पिकमा दुई खेल जित्ने उनी नेपालको पहिलो खेलाडी बनिन्। सहभागिता उनले नेपाली खेलकुद नयाँ इतिहास पनि रचिन्। सोही इतिहास बनाएकी पलेशा आफ्नै संघद्वारा मंगलबार सम्मानित भइन्। अन्तर्राष्ट्रिय लेभल–२ पारा प्रशिक्षक लामाले सन् २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए। पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा विश्व पारा तेक्वान्दोको वरीयतामा पाँचौं स्थानमा उक्लिएकी छन्।

प्रकाशित: २३ भाद्र २०७८ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App