१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फराकिलो जितले अर्टेटालाई राहत

पिएरे इमेरिक औबामेयाङको ह्याट्रिक मद्दतमा बुधबार लन्डन क्लब आर्सनलले इएफएल कपको दोस्रो चरणको खेलमा वेस्ट बुरमविच अल्बियोनमाथि ६–० को फराकिलो जित निकालेको छ। घरेलु टोलीमाथि हाबी हुँदै एकपक्षीय बनेको खेलमा औबामेयाङका अलावा निकोलस पेपे, बुकायो साकार एलेसान्द्रे लाकाजेटले पनि एकएक गोल आफ्नो नाममा लेखाउँदै फराकिलो जित दिलाउन सफल भएका हुन्। 

पहिलो हाफमा तीनर दोस्रो हाफमा तीन गोल गर्दै आर्सनले सानदार जित निकालेको हो। प्रिमियर लिगअन्तर्गत सुरुआती दुई खेलमा ब्रेन्टफोर्डर चेल्सीसँग समान २–० ले पराजित हुँदै खराब सुरुआत गरेको आर्सनलले बुधबार सानदार प्रदर्शन गर्न सफल भएको हो। लगातार दुई खेलमा स्तब्ध भएको आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई फराकिलो जितलेराहत मिलेको छ। यही जितले प्रिमियर लिगमाराम्रो गर्न मनोबल मिलेको ह्याट्रिक पूरा गरेका औबामेयाङले बताए।  

‘फराकिलो जितले टिमको मनोबल उच्च बनाउन सहयोग मिलेको छ,’ आर्सनलका फरवार्ड औबामेयाङले भने, ‘प्रिमियर लिगमा सुखद सुरुआत गर्न नसक्दा हामी आलोचित भएका छौं। आगामी खेलमाराम्रो गर्नुको विकल्प हामीसँग छैन।’

अघिल्लो सिजनमा पनि खराब प्रदर्शन गरेको आर्सनलले जारी सिजनमा सुरुआती दुई खेलमा हार बेहोर्दा प्रशिक्षक आर्टेटा दबाबमा परेका थिए। आर्टेटाको बर्खास्तीको पनि चर्चा चलेको थियो। तर बुधबारको फराकिलो जितले थोरै भए पनिराहत मिलेको छ। एकतर्फी खेलको १७औं मिनेटमा कप्तान औबामेयाङको गोलबाट आर्सनलले गोलको खाता खोलेको थियो।

त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा औबामेयाङले नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउँदा इन्जुरी समयमा निकोलस पेपेले गोल थप्दै अन्तर ३–० मा पुर्‍याए। दोस्रो हाफमा पनि आर्सनलले आक्रामक खेललाई निरन्तरता दियो। ५०औं मिनेटमा बुकायो साकाले टोलीका लागि चौथो गोल गर्दा ६३औं मिनेटमा कप्तान औबामेयाङले टोलीका लागि पाँचौं गोल गर्दै ह्याट्रिक पूरा गरे। ६९औं मिनेटमा एलेसान्द्रे लाकाजेटले गोल गर्दै आर्सनलको अग्रता ६–० मा पुर्‍याए।  

इएफएलअन्तर्गत बुधबारकै अर्को खेलमा साउथह्याम्पटनले पनि न्युपोर्ट काउन्टीमाथि ८–० को फराकिलो जित निकाल्यो। साउथह्याम्पटनको फराकिलो जितमा मोहमेद इलयोनोउसीले ह्याट्रिक पूरा गर्दा अर्मान्डो बोर्जाले दुई तथा नाथन टेला, केल वाल्कर्स पिटर्सर नाथनरेडमन्डले समान एक गोल गरे। पहिलो हाफमा ३ गोल गरेको साउथह्याम्पटनले दोस्रो हाफमा ५ गोल गरेको थियो।  

अर्को खेलमा बर्नलीले इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटर अतिरिक्त समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि पेनाल्टीबाट लिएको निर्णयमा बर्नली विजयी भएको हो। 

प्रकाशित: ११ भाद्र २०७८ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App